शिक्षा क्षेत्रको बजेट घटाउनु अत्यन्त दुर्भाग्यपूर्ण : सांसद खनाल | Education Patra

शिक्षा क्षेत्रको बजेट घटाउनु अत्यन्त दुर्भाग्यपूर्ण : सांसद खनाल


एजुकेशनपत्र, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शिक्षाको बजेट घटाए दुर्भाग्यपूर्ण हुने बताए। सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उनको भनाइ छ।

ad
‘नेपालको सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने भएको अवस्थाको बजेटभन्दा झन्डै हामीलाई यही वर्ष पनि सय अर्बभन्दा बढी बजेट चाहिनेजस्तो देखिन्छ। तर, मन्त्रालयमा सिलिङ २० प्रतिशत कम गएको छ भन्ने सुनिएको छ। त्यो भयो भने अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ,’ खनालले भने।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्