एजुकेशनपत्र, काठमाण्डौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतका चार सय ३८ रेजिडेन्ट (आवासीय) चिकित्सकहरूले रोकिएको भत्ता पाएका छन् ।
उनीहरूले तीन महिनादेखि बाँकी रहेको मासिक निर्वाह भत्ता पाएका हुन् ।
एमडी, एमएस र एमडीएसमा अध्ययनरत आवासीय चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने गरिएको छ । जसअनुसार आठौँ तहसरह ४८ हजार ७ सय ३७ रुपैयाँ र डीएम, एमसीएच अध्ययन गरिरहेका चिकित्सकहरूले नवौँ तहसरह ५६ हजार ७ सय ८७ रुपैयाँ मासिक निर्वाह भत्ता पाउँछन् ।