एजुकेशनपत्र, काठमाण्डौं । बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले बाल यौन दुरूपयोग आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको डिएसपी भुवनेश्वर साहले जानकारी दिए।
प्रहरीले ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने २५ वर्षीय अमन यादवलाई पक्राउ गरेको हो। उनले १६ वर्षीया नाबालिगलाई दुरूपयोग गरेको आरोप छ।
लखनखेलस्थित ब्रिज कोर्स इन्टिच्युडमा जेठ १ गते अध्ययन गर्ने किताब देखाउन भनेर बालिकामाथि यौन दुरुपयोग गरेको डिएसपी साहले बताए।
पीडितकी आमाले गत सोमबार प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमाथि अनुसन्धान गर्न ललितपुर अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।