बलात्कार आरोपित शेषमणि गौतम उपप्राध्यापकबाट निलम्बित | Education Patra

बलात्कार आरोपित शेषमणि गौतम उपप्राध्यापकबाट निलम्बित


एजुकेशनपत्र, देउखुरी । बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन्।

क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले सेतोपाटीलाई जानकारी दिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए।

लमही नगरपालिका वडा नं. ५ – रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते  दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए।

देउखुरीकै एक प्राविधिक शिक्षालयमा अध्ययनरत छात्रा पनि विगत दुई वर्षदेखि लमही–५ रातो डाँडामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।

पीडितले घटना भएकै दिन वडा प्रहरी कार्यालय पुगेर गौतमविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो।

जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो।

आरोपितले पीडित भनिएकी युवतीकै सहमतिमा यौनसम्पर्क गरेको प्रहरीसमक्ष दाबी गर्दै आएको एक प्रहरी अधिकारीले बताए।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्