क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले सेतोपाटीलाई जानकारी दिए।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए।
लमही नगरपालिका वडा नं. ५ – रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए।
देउखुरीकै एक प्राविधिक शिक्षालयमा अध्ययनरत छात्रा पनि विगत दुई वर्षदेखि लमही–५ रातो डाँडामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।
पीडितले घटना भएकै दिन वडा प्रहरी कार्यालय पुगेर गौतमविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो।
जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो।
आरोपितले पीडित भनिएकी युवतीकै सहमतिमा यौनसम्पर्क गरेको प्रहरीसमक्ष दाबी गर्दै आएको एक प्रहरी अधिकारीले बताए।