काठमाडौं । सरकारले जुनसुकै विषय पढेकालाई शिक्षण लाइसेन्स लाइसेन्सका लागि परीक्षा दिन पाउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत जुनसुकै विषय पढेकालाई शिक्षण लाइसेन्सका लागि परीक्षा दिन पाउने व्यवस्था गरिने घोषणा गरे ।
‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाइनेछ ।’ अर्थमन्त्री मतहले भने ।