सामुदायिक विद्यालयहरूमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्ने तयारी | Education Patra

सामुदायिक विद्यालयहरूमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्ने तयारी


एजुकेशनपत्र, विराटनगर। विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रमसंगै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।

शिक्षाको गुणस्तरको महत्वलाई बुझेर नगरपालिकाले प्रविधिमा आधारित पाठ्यक्रमको सफल कार्यान्वयन सुनिश्चित गर्न विषय विज्ञहरुसँग छलफल गरेको छ ।

मेयर नागेश कोइरालाले विश्वव्यापी रोजगारी बजारको माग पूरा गर्न विद्यार्थीहरूलाई डिजिटल साक्षरता सीप र प्रविधिमा आधारित शिक्षा दिनु आवश्यक रहेको बताए ।

त्यसैगरी मेयर कोइरालाले बदलिँदो समयमा प्रविधिमैत्री शिक्षकको आवश्यकता रहेको बताए । साथै उनले भने, तीन तहका सरकारबीचको समन्वयको अभावका कारण उत्पन्न चुनौतीलाई स्वीकार गर्दे शिक्षा क्षेत्रमा सफलता हासिल गर्ने प्रतिबद्ध छौ।

उपप्राचार्य शिल्पा निराला कार्कीले महानगरभित्रका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पहल भइरहेको बताइन् । शिक्षाको स्तर उकास्न रणनीतिको रूपमा प्रविधिमा आधारित शिक्षामा जोड दिइएको उनको भनाई छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्