एजुकेशनपत्र काठमाण्डौं । सरकारले शिक्षक लाइसेन्स परीक्षामा जुनसुकै विषयमा अध्ययनरत व्यक्तिले पनि सहभागी हुन पाउने व्यवस्था गरेको छ । सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट भाषणमा यस्तो घोषणा गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
सरकारले शिक्षक लाइसेन्स परीक्षामा सबै विषयमा अध्ययन गरेका व्यक्तिलाई सहभागी हुन दिने निर्णय गरेको छ । तर, परीक्षाको ठ्याक्कै मिति भने घोषणा भइसकेको छैन, शिक्षा तथा विज्ञान मन्त्रालयका एक अधिकारीले भने ।
हाल ऐनमा परिमार्जन हुन नसक्दा यो व्यवस्था कार्यान्वयनमा समस्या भएको ती अधिकारीले बताए । सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्षदेखि यो व्यवस्था लागू गर्ने प्रस्ताव गरेको उनले बताए । तर, शिक्षक सेवा आयोगले कार्यान्वयनका लागि तत्काल आफ्नो नियमावली परिमार्जन गर्न आवश्यक छ ।
हालको कानूनले कुनै पनि विषय अध्ययन गर्ने व्यक्तिलाई परीक्षा दिन नदिने भए पनि सबै विषयलाई समान अधिकार सुनिश्चित गर्न नियमावलीमा संशोधन आवश्यक रहेको हो। शिक्षक सेवा आयोगले साउन महिनामा विज्ञापन प्रकाशित गर्ने र त्यसलगत्तै शिक्षा नियमावलीमा परिमार्जन गरी कार्यान्वयन गर्ने योजना रहेको अधिकारीले बताए ।
तर, शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले सरकारले गरेको घोषणाको प्रशंसा गर्दै जुनसुकै विषयमा अध्ययन गर्ने व्यक्तिलाई शिक्षक लाइसेन्स परीक्षा दिन दिने व्यवस्थाले शिक्षा क्षेत्रमा सकारात्मक परिणाम ल्याउने बताए । यो व्यवस्थाले उच्च दक्ष शिक्षक निर्माणमा टेवा पुग्ने उनको विश्वास छ ।
उनका अनुसार शिक्षा अध्ययन गर्ने व्यक्तिलाई मात्र अध्यापनका लागि योग्य मान्नु हुँदैन । शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन यो व्यवस्था तत्काल लागू गर्नुपर्ने उनको सुझाव छ ।