छात्रवृतिको विवरण पेश नगर्ने महानगरभित्रका ३९ निजी विद्यालयलाई एक–एक लाख रुपैयाँ जरिवाना | Education Patra

छात्रवृतिको विवरण पेश नगर्ने महानगरभित्रका ३९ निजी विद्यालयलाई एक–एक लाख रुपैयाँ जरिवाना


एजुकेशनपत्र काठमाण्डौं । पछिल्लो समय छात्रवृत्तिको विवरण नबुझाउने निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । हालसम्म प्रदान गरिएको छात्रवृत्तिको विवरण पेश नगरेकोमा महानगरभित्रका ३९ निजी विद्यालयलाई एक–एक लाख रुपैयाँ जरिवाना गरिएको छ ।

महानगरीय क्षेत्रभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४ सय ६५ विद्यालयले मात्रै छात्रवृत्ति प्रावधानसम्बन्धी कागजात महानगरपालिकालाई उपलब्ध गराएका छन् । तर, महानगरपालिकाको तोकेताअनुसार अझैं ३९ विद्यालयले छात्रवृतिको आवश्यक जानकारी महानगरमा पठाएका छैनन् ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन विनियम २०७४ को परिच्छेद १० बमोजिम छात्रवृत्ति र निःशुल्क शिक्षाको प्रावधानमा केन्द्रित रहेका विद्यालयहरूले छात्रवृत्ति पाएका विद्यार्थीहरूको सूची सार्वजनिक गर्नुपर्ने भएता पनि हालसम्म ३९ विद्यालयले अटेर गरेका छन् ।

महानगरीय अधिकारीहरूले यी विद्यालयहरूलाई निर्धारित समय भित्र छात्रवृत्ति विवरण पेश गर्न अर्को अवसर प्रदान भने गरेको छ। यस निर्देशनको पालना नगरेमा सम्बन्धित विद्यालयहरूलाई पहिले दिइएको अनुमति वा स्वीकृति खारेज हुन सक्ने महानगरले जनाएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्