शिक्षा अभिव्यक्ति निराकरणको शक्तिशाली हतियार : शिक्षामन्त्री | Education Patra

शिक्षा अभिव्यक्ति निराकरणको शक्तिशाली हतियार : शिक्षामन्त्री


एजुकेशनपत्र काठमाण्डौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले शिक्षा गलत सूचना, विभेदजन्य र घृणापूर्ण अभिव्यक्तिको निराकरण गर्ने शक्तिशाली हतियार भएको बताउनुभएको छ।

blog

द्वेशपूर्ण (हेट स्पिच) अभिव्यक्ति विरुद्दको  अन्तर्राष्ट्रिय दिवस अवसरमा मङ्गलबार राजधानीमा आयोजित दक्षिण एशियाली उप–क्षेत्रीय कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताउनुभएको हो। शिक्षाको माध्यमबाट द्वेशपूर्ण अभिव्यक्ति र यसबाट उत्पन्न अवस्थाहरुको सुझबुझ पूर्ण व्यवस्थापन र  उच्च समावेशी,  सहनशील र सभ्य समाज निर्माण गर्न सकिने बताउँदै मन्त्री राईले बताउनुभयो। संचार साक्षरतालाई औपचारिक र अनौपचारिक शिक्षा पाठ्यक्रममा समावेश गरेर समग्र शिक्षा जगतलाई द्वेशपूर्ण अभिव्यक्ति मुक्त गर्न  सकिने पनि सो अवसरमा उहाँले बताउनुभयो।

सरकारले औपचारिक शिक्षाका पाठ्यक्रममा डिजिटिटल साक्षरता र सूचना प्रविधिलाई समावेश गरेको बताउँदै मन्त्री राईले भन्नुभयो, “यद्यपि, विद्यार्थीहरूलाई डिजिटल ज्ञान र सीपहरूको साथै आधारभूत संचार साक्षरता लगायत २१ सौ सताव्दी कालागि चाहिने विशिष्ट जीवनोपयोगी सीपहरुलाई अझै सशक्त बनाउन जरुरी छ।”

सामाजिक जीवनको विभिन्न परिस्थति र काल खण्डमा देखिने द्वेशपूर्ण अभिव्यक्तिका कारण समाजमा नकारात्मक प्रभाव  पारिरहेको  बताउँदै राईले भन्नुभयो, “यस्ता अभिव्यक्तिहरुले  हाम्रो सिर्जनशीलतामा ह्रास ल्याउँछ भने  व्यक्तिगत तथा सामाजिक प्रगतिलाई अवरोध पुर्याउँछ।” यस्ता अभिव्यक्तिले सभ्य समाजमा समानता, आत्म सम्मान,  मर्यादा जस्ता  मौलिक मूल्यमा बाधा पुर्याउने समेत मन्त्री राइले बताउनुभयो।

दक्षिण एशिया क्षेत्रको विविधताजन्य भाषा, धर्म संस्कृति परम्परा र  मूल्य मान्ताहरुको संयोजन विशिष्ट प्रकृतिको रहेको मन्त्री राईको भनाइ छ। नेपालको संविधान र कानुनले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चितता गरे पनि स्वतन्त्रताको नाममा समाजमा द्वेशपूर्ण अभिव्यक्ति, भेदभाव, घृणा, द्वेस अपहेलना गर्न छुट नहुने मन्त्री राईले बताउनुभयो।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले द्वेशपूर्ण अभिव्यक्ति निराकरणको लागि शैक्षिक संस्थाको विद्यमान पाठ्यक्रम तथा अनया पाठ्य सामग्रीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो। सम्मेलनमा श्रीलङ्का, माल्दिभ्स लगायत एसियाली मुलुकका प्रतिनिधिको सहभागिता छ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्