एजुकेशनपत्र, काठमाण्डौं । राप्ती इञ्जिनियरिङ कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र प्रि—डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिएको कलेज प्रशासनले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै घोराही उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तारा बहादुर डाँगीले विद्यार्थीहरुको वृद्धिविकासको लागि कलेजले गरेको अभिमुखिकरण तालिमले महत्वपूर्ण भूमिका खेल्ने र यस कार्यक्रमलाई सार्थकता दिन अभिभावकहरुले पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
डागीले कलेज एक्लै लागेर मात्र नहुने भएकोले विद्यार्थीहरुलाई घरमा पनि अभिभावकले नियमित रुपमा गर्ने गरेका कार्यहरुको निगरानी गर्नेपर्ने बताउनुभएको थियो ।
उहाँ आगामी बजेटमा प्राविधिक पढन चाहाने विद्यार्थीहरुका लागि बजेटको समेत व्यवस्था गर्ने कुरा बताउनु भएको थियो । कलजे घोराही वडा नं १६ का एसइइ दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर कलेजले पढाइ दिएकोमा धन्यवाद समेत दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै कलेज संचालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजका उपलब्धीहरु, भौतिक संरचनाहरु, कलेजमा रहेका शाखाहरु, कलेजबाट उत्पादित विद्यार्र्थीहरुको रोजगारीको अवस्थाको बारेमा जानकारी गराउनुु भएको थियो ।
कलेजले २०६५ सालदेखि नै प्रविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भत्तपुरबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ तथा पोखरा विश्वविद्यालय अन्र्तगत विसिए र विई सिभिल कार्यक्रमको कक्षा सञ्चालन गर्दै आईरहेको बताउनुभएको थियो ।
डा. गिरीले अहिलेको आईटी शिक्षाको रोजगारीको अवस्था, आईटी शिक्षा पढेको दक्ष जनशाक्तिको अवस्था लगायतको बारेमा प्रशिक्षण दिनुभएको थियो । डा गिरीले अभिभावकले विद्यार्थीहरुको लागि गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी दिनुभएको थियो ।
राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले गुणस्तरिया शिक्षण सिकाईमा विद्यार्थीहरुको लागि अभिभावकहरुले खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
डा.भीमसेन गिरीले आफ्रना बालबालिकाहरुलाई एउटा सफल ब्यक्ति बनाउनको लागि हरेक ब्यक्तिले सकारात्मक सोंचाइमा विकास गर्नुपर्ने र बालबालिकाहरुको इच्छालाई भन्दा पनि उसको आवश्यकतालाई हरेक अभिभावकले ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरि, प्रि डिप्लोमा इन सिभिल ,इलेक्टिकल र सर्भे इञ्जिनियरिका अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अभिभावकहरुले शैक्षिक क्रियाकलापम सम्बधि जिज्ञासा राखेको थियो । अभिभावकका जिज्ञासाको जवाफ कलेजका प्रिन्सिपल रेशम गिरीले दिनु भएको थियो
कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक लोकेन्द्र डांगीले गर्नुभएको थियो ।