एजुकेशनपत्र काठमाण्डौं । काठमाडौंमा शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा गरेको छ ।
बोर्ड अहिले असारको तेस्रो साता भित्र नतिजा सार्वजनिक गर्नेतर्फ आफुलार्य केन्द्रित जनाएको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले नतिजा प्रकाशनका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
‘हाम्रो वार्षिक कार्यतालिका अनुसार असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ र सोही अनुसार काम गरिरहेका छौं,’ अध्यक्ष शर्माले भने । उनले उत्तरपुस्तिकाको परीक्षण, परिक्षण र प्रमाणिकरण सकिएपछि नतिजा कम्प्युटर प्रणालीमा अपलोड गर्न लागिएको बताएका छन् ।
अध्यक्ष शर्माले परीक्षण प्रक्रिया सकिए पनि धेरै प्राविधिक काम बाँकी रहेकोमा जोड दिए । कम्प्यूटरमा स्कोर अपलोड गर्ने र दर्ता गर्नेलगायतका कामहरू अहिले भइरहेका छन्, उनले भने। नतिजा प्रकाशनको विषयमा भने निर्णय भइसकेको छैन । अध्यक्ष शर्माले पुरानो लेटर ग्रेडिङ प्रणाली प्रयोग गर्ने कि नयाँ गर्ने भन्ने विषयमा आगामी दिनमा टुङ्गो लाग्ने बताएका छन ।
‘अहिले आवश्यक सबै काम पूरा गर्नमा केन्द्रित छौँ । त्यो पूरा भएपछि नतिजा प्रकाशनको विधिबारे निर्णय गर्छौँ । अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ,’ अध्यक्ष शर्माले स्पष्ट पारे । बोर्डले एसइईमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई लेटर ग्रेडिङ र ग्रेड नदिने व्यवस्था गरेको भए पनि गत वर्ष अन्तिम समयमा यो नियम रोकिएको थियो । त्यसैले यस वर्षको नतिजा प्रकाशनको आधार भने बाँकी नै छ ।
पुरानो ग्रेडिङ प्रणालीमा ९० देखि १०० सम्मको अङ्कलाई ए प्लस, ८० देखि ९० भन्दा कमलाई ए प्लस, ७० देखि ८० भन्दा कमलाई बी प्लस, ६० देखि ७० सम्मलाई बी, ५० देखि ६० सम्मलाई सी प्लस, ५० देखि ६० सम्मलाई सी प्लसमा वर्गीकरण गरिएको छ। ५० देखि सी, ३० देखि ४० तल डी प्लस, २० देखि ३० तल डी र २० मुनि ई। नयाँ प्रणाली अन्तर्गत सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई ग्रेड नदिइनेछ। शैक्षिक सत्र २०७९ मा कुल ४ लाख ८४ हजार विद्यार्थी एसइईमा सहभागी भएका थिए ।