सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड | Education Patra

सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड


एजुकेशनपत्र काठमाण्डौं । सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ।

तस्बिर: प्रधानमन्त्रीको सचिवालय।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार संघीय शिक्षा ऐन मन्त्रिपरिषदको समितिमा छलफलको क्रममा छ।

‘मन्त्रिपरिषदकै समितिमा छलफलमा रहेको संघीय शिक्षा ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गरिन्छ,’ गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने।

संघीय शिक्षा ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने पनि उनले बताए। प्रधानमन्त्री दाहालले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकोले तयारीमा लागिएको बताए।

‘जिपी कोइराला मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउने कुरा यहाँ आएका छन्,’ उनले भने, ‘विश्वविद्यालय निर्माण प्रक्रिया अघि बढ्यो।’

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्