सामुदायिक विद्यालयका शिक्षकले लिए खेल सम्बन्धी प्रशिक्षण | Education Patra

सामुदायिक विद्यालयका शिक्षकले लिए खेल सम्बन्धी प्रशिक्षण


एजुकेशनपत्र, दाङ ।  दाङको घोराहीमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा खेल प्रशिक्षक राख्ने तयारी अनुसार शिक्षकहरूलाई तालिम दिइएको हो ।

विद्यालय तहदेखि नै खेल सम्बन्धी प्रशिक्षण गराउने उद्देश्य अनुसार नगरका १९ वटै वडामा रहेका विद्यालयहरूका शिक्षकहरूलाई सहभागी गराएर खेलकुद सम्बन्धी प्रशिक्षण दिएको घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।

संयोजक पुनका अनुसार तालिममा घोराही नगरभित्रका ६० वटा सामुदायिक विघालयहरुका ६० जना शिक्षकहरू सहभागी हुनुभएको थियो । तालिममा सहभागी शिक्षकहरूलाई प्रमुख खेलहरूको नियम, खेलाउने तरिकालगायतका बारेमा प्रशिक्षण दिइएको संयोजक पुनले बताउनुभयो ।

संयोजक पुनले भन्नुभयो, ‘विद्यालय तहदेखि नै बालबालिकाहरूलाई पढाइसँगै खेलकुदमा सहभागी गराउने उद्देश्य अनुसार सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएका छौ ।उहाँहरूले तालिममा सिकेको सिप आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई सिकाउनुहुनेछ ।’

तालिममा उपमहानगरपालिकाभित्रका ९३ वटा सामुदायिक विद्यालयहरूमध्ये ६० वटा विद्यालयबाट १/१ जना शिक्षकहरूको सहभागिता रहेको थियो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत घोराहीमा विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । तालिममा भलिबल, फुटबल, क्रिकेट, बक्सिङ,तेक्वान्दोलगायतका खेलहरूको बारेमा प्रशिक्षण दिइएको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्