एसईई नतिजा सार्वजनिक: २२ हजार ४७५ विद्यार्थीले ल्याए ३‍.६ देखि ४ जिपिए | Education Patra

एसईई नतिजा सार्वजनिक: २२ हजार ४७५ विद्यार्थीले ल्याए ३‍.६ देखि ४ जिपिए


एजुकेशनपत्र, काठमाण्डौं । हिजोमात्रै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको  छ। प्रकाशित नतिजा अनुसार ३‍.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ। यो एसईईमा सहभागी कुल विद्यार्थी सङ्ख्याको चार दशमलव ६३ प्रतिशत हो ।

यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ५५ हजार ६९ छ। यो कुल विद्यार्थी सङ्ख्याको ११.६३ प्रतिशत हो । यस्तै २.८० देखि ३.२ जिपिए ल्याउने ७२ हजार ३६२ रहेका छन् । यो कुल विद्यार्थी सङ्ख्याको १४.९२ प्रतिशत हो ।

यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ८९ हजार ३३१ रहेको छ । यो कुल  विद्यार्थी सङ्ख्याको १८.४२ प्रतिशत हो । २ देखि २.४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक लाख दुई हजार २९३  रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको २१.०९ प्रतिशत हो । १.६ देखि २ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ८८ हजार ४४७ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको १८.२४ प्रतिशत हो ।

त्यसैगरी १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ७७० रहेको छ । यो कुल  विद्यार्थी सङ्ख्याको ७.९९ प्रतिशत हो । यस्तै ०.८ देखि १.२ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या दुई हजार २०० रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको ०.४५ प्रतिशत हो ।

यस्तै, १३ हजार ९९२ विद्यार्थी अनुपस्थित वा एउटा कुनै विषय मात्र दिएका मध्ये रहेको परीक्षा बोर्डले जनाएको छ । यो कुल विद्यार्थी सङ्ख्याको २.८९ प्रतिशत हो । यस वर्षको एसईई परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्