एजुकेशनपत्र, काठमाण्डौं । दक्षिण पश्चिम लन्डनको एक प्राथमिक विद्यालयको भवनमा बिहीबार कार दुर्घटना भएको थियो ।
उक्त कार दुर्घटनामा स्कूलमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको स्कुलका एक कर्मचारीहरुले पुष्टि गरेका छन। घटनामा अन्य सात बालबालिका र दुई अन्य पनि घाइते भएका छन् ।
प्रहरीले विम्बल्डनको स्टडी प्रेप गर्ल्स स्कूल मा भएको घटनालाई आतंकवादी हमलासँग जोडिएको हुनसक्ने अनुमान गरेको छ।
स्थानीय सांसद स्टीफन ह्यामन्डले दुर्घटनालाई असाधारण दुःखद घटना को रूपमा लिएका छन ।
साथै उनले धेरैलाई गम्भीर चोटपटक भएको स्वीकार गर्दै मृतक प्रति संवेदना व्यक्त गरे।
विम्बलडन टेनिस प्रतियोगिता भइरहेको स्थानभन्दा केही पर रहेको उक्त दृश्यको एरियल फुटेजमा एउटा ल्यान्ड रोभर कार आधुनिक विद्यालय भवनको भित्तामा एक कोणमा रोकेको देखिन्छ।
गाडी रंगीन प्ले म्याट र टेबलजस्तो देखिने घाँसे मैदानमा थियो।