धिमाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री, चाँदीका गरगहना तथा पोषाक वितरण | Education Patra

धिमाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री, चाँदीका गरगहना तथा पोषाक वितरण


एजुकेशनपत्र, झापा । झापाको दमक नगरपालिकाले नगरको प्रथम नागरिकको रुपमा मान्यता दिएको धिमाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोषाक वितरण गरेको छ । स्थानीय धिमाल महिलाको समुहलाई लक्षितगरी लोप हुँदैगएका परम्परागत चाँदीका गरगहना विद्यार्थीलाई प्रदान गरेको हो ।

blog

नगरपालिकाको जम्बुझारा ग्रामथानमा नगरपालिकाका मेयर रामकुमार थापा र उपमेयर रेजिना भट्टराईले उनीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । नगरपालिकाले कक्षा ८ सम्म अध्ययनरत २५ विद्यार्थीलाई दुई सेट विद्यालय पोशाक, स्कुल झोला, एक जोडी जुत्ता र स्टेशनरी प्रदान गरेको उपमेयर भट्टराईले जानकारी दिए ।

धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले समिति अन्तर्गत नगरपालिकाले परम्परागत धिमाल गहना उपलब्ध गराएको बताए । धिमाल महिलाले विद्यार्थीलाई लगाउने चाँदीको हार, ब्रेसलेट, पाखुरा, झुम्का र पाङ्ग्रा प्रदान गर्नेछन् ।

परम्परागत गहना बनाउन चार लाख रुपैयाँ खर्च भएको नगरपालिकाका सामाजिक विभाग प्रमुख केशव प्रसाईले बताए । नयाँ चलन आएसँगै लोप हुँदै गएकाले परम्परालाई जीवित राख्न समितिले गहना उपलब्ध गराएको पनि उनले बताए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्