एजुकेशनपत्र, काठमाण्डौं ।कक्षा ११मा विद्यार्थी भर्नाको समयमा आएर अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तीन मागसहित काठमाडौंमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
हालै अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तीनवटा प्रमुख मागहरू प्रस्तुत गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । युनियनले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमार्फत यस्तो घोषणा गरिएको हो ।
यसअघि शनिबार दुई विद्यार्थी संगठनबीच भएको बैठकमा शिक्षाका विषयमा सहकार्य गर्ने सहमति भएको थियो । बैठकपछि अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले आन्दोलनको कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।
संघले उच्च शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न र विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्न माग गरेको छ ।
अखिल क्रान्तिकारीका संयोजक पवन कार्की र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा आन्दोलनका कार्यक्रम तय गरिएको छ । असार २६ गते राष्ट्रव्यापी हस्ताक्षर अभियान चलाइनेछ, त्यसपछि असार २७ गते शान्तिपूर्ण प्रदर्शन हुनेछ । साथै, असार ३१ गते महत्वपूर्ण अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
प्रवक्ता उपदेश यादवले दुवै संस्थाले रचनात्मक काम गर्ने सहमति भएको बताए । उनीहरुले शिक्षा क्षेत्रमा सुधार ल्याउने दाबि गरेका छन् ।
तर कक्षा ११मा विद्यार्थी समयमा आएर क्रान्तिकारी तथा समाजवादी विद्यार्थी युनियनले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुले विद्यार्थी भर्ना प्रक्रियामा अवरोध गर्ने निश्चित भएको सरोकारवालहरुको दावी छ ।
यसता खालका कृयाकलापले शैक्षिक कार्यमा सहयोग पुग्ने भन्दा विद्यार्थीहरु भड्कन सक्ने उनीहरुको भनाई छ ।