जनादेशडेली संबाददाता । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । बुधबार अर्थात् असार १७ गते मात्रै एक शिशुको राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । म्याग्दी घर भएका उनको शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनलाई असार ९ गते घाँटीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो । शल्यक्रियापछि श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको अस्पतालले जनाएको छ ।
बालबालिकामा कोरोनासंक्रमण बढ्दो
प्रतिक्रिया दिनुहोस्