एजुकेशनपत्र, काठमाण्डौं । नेपाल शैक्षिक परामर्श संघ (आइक्यान)को नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डे सामुहले उम्मेदवारी घोषणा गरेको छ । पाण्डेले आगामी शनिबार हुने महाधिवेशनको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन। साथै उनले उम्मेदवारहरूको सम्पूर्ण प्यानल तयार परेका छन् ।
उपाध्यक्षमा भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्र्यु) प्रकाश श्रेष्ठलाई आ–आफ्नो समूहबाट उम्मेदवार घोषणा गरिएको छ । त्यस्तै महासचिवमा वासुदेव दाहालले उम्मेदवारी दिएका छन् भने सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र हेमराज सिग्देलले उम्मेदवारी घोषणा गरेका छन् । सदस्यहरुमा आशिष रायमाझी, सतीन्द्र झा, सुरज सिलवाल, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा, श्रीराम गिरी र मनजित ढकाल रहेका छन् ।
प्यानल घोषणा गरेपछि पाण्डेले आइक्यानलाई थप गतिशील बनाउने योजना रहेको बताए । यसअघि अध्यक्ष भइसकेका पाण्डेले आफ्नो अघिल्लो कार्यकालमा नसकेका काम पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।