डा. शैलेन्द्र गिरी- काठमाण्डौं । पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा उल्लेख्य बृद्धि हुँदा विभिन्न पक्षमा छलफल भइरहेको छ । विदेशमा शिक्षाको अवसर खोज्नेहरुले ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँको ठुलो रकम विदेश पठाएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको वैशाख मसान्तसम्म वैदेशिक शिक्षामा ५१ अर्ब ३४ करोड रुपैयाँ खर्च भएकोमा मुख्य ररुपमा शैक्षिक प्रयोजनका लागि निकासा भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ ।
एकातिर सेवा आम्दानीको ठूलो हिस्सा ओगटेको पर्यटनले ५१ अर्ब ८८ करोड आम्दानीसहित उल्लेखनीय वृद्धि गरेको छ भने अर्कोतिर नेपाल भित्रिनेभन्दा सेवामार्फत बढी रकम बाहिरिने हुँदा मुलुकले ५७ अर्ब ७४ करोड रुपैयाँ घाटा व्यहोरेको छ । सोही ११ महिनाको अवधिमा रुपैयाँ अघिल्लो वर्षको तुलनामा उल्लेखनीय ९३.८ प्रतिशतले वृद्धि भएको हो ।
वानअपले नेपाल शैक्षिक परामर्श संघ (आईक्यान)सँगको सहकार्यमा भर्खरै आयोजना गरेको (एड्युक्लेभ) मा वक्तालगायत सरोकारवालाहररुले विद्यार्थीहररुलाई वैदेशिक शिक्षामा जान प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। वक्ताहरूले नेपाल सरकारलाई यी शिक्षित व्यक्तिहरूलाई फर्काउने अवसर र समर्थन प्रणाली स्थापना गर्न एकमतले आह्वान गरे।
कार्यक्रममा शिक्षा प्रणालीका महत्त्वपूर्ण पक्षहररु, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहररुको प्रभाव र नयाँ दृष्टिकोणको आवश्यकतालाई समेटेर तीनवटा प्यानल छलफलहरू थिए। पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्र विक्रम थापालगायतका विज्ञहरुले आ–आफ्नो धारणा राखेका थिए ।
छलफलमा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारले एनओसी बन्द गर्नुभन्दा नेपालमा विश्वविद्यालयको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए । पौडेलले समयमै परीक्षा र नतिजाको महत्त्व औँल्याउदै देशभित्रै बलियो शिक्षा प्रणालीले विदेशमा पढ्ने झुकाव कम हुने सुझाव दिए ।
त्यसैगरी पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपाल भित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै विदेशी संस्थामा जस्तै शिक्षा लिन चाहने नेपाली विद्यार्थीको प्राथमिक दायित्व हुनुपर्नेमा जोड दिनुभयो ।
‘प्रवासी नेपाली विद्यार्थी अवसर वा जोखिम शीर्षकको अर्को प्यानलमा पूर्वपर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, शैक्षिक अभियन्ता सविन जोशी र अन्य सम्मानित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
विदेशमा पढ्न जाने नेपाली विद्यार्थीको बढ्दो प्रवृत्तिका कारण बौद्धिक पुँजी पलाएन हुँदै गएकोमा भट्टराईले चिन्ता व्यक्त गर्दै प्रतिभालाई स्वदेशमै रोजगारीको वतावरण बनाउँनु पर्ने कुरामा जोड दिए ।
‘वैदेशिक शिक्षाको प्रभाव’ शीर्षकको अर्को छलफलमा पूर्व शिक्षामन्त्री शिशिर खनाल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा, शिक्षा सल्लाहकार प्रकाश पाण्डेलगायतका प्रमुख व्यक्तित्वले वैदेशिक शिक्षाको प्रभावबारे पनि छलफल गरेका थिए ।
वक्ताहरुले विदेशमा शिक्षा हासिल गरी नेपाल फर्किएका व्यक्तिहरुले समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुको उदाहरण समेत दिए ।
छलफलका क्रममा वानअपका प्रमुख कार्यकारी अधिकृत र एडुक्लेभका आयोजक रविशंकर झाले शैक्षिक परामर्श केन्द्रलाई सम्मान नगरेकोमा चिन्ता व्यक्त गरे ।
उनले विदेशी शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहररुलाई सहयोग र परामर्श प्रदान गर्ने भएकाले यी केन्द्रहररु र यससँग सम्बन्धित व्यवसायहररुलाई सकारात्मक रूपमा चित्रण गर्नुपर्नेमा जोड दिए।
अहिले अध्ययनका लागि वदेशीएका विद्यार्थीहरुले भोग्नु परेका समस्याहरुका बारेमा बोली दिने कोही छैन् । विद्यार्थीहरु अध्ययन र रोजगारीलाई संगसंगै अगाडी बढाउन चाँही रहेका छन् । तर वतावरण भने सोचे जस्तो छैन् ।
एकातरि घरमा भएको पैसा सकिएको छ भने अर्को तिर विदेशमा विद्यार्थीहरु अलपत्र परेको अवस्था पनि छ । कतिपय विद्यार्थीहरु नबुझेरै विदेश जादाँ विभिन्न कष्टमा फसेका पनि छन् । कतिको पढाई चौपट भएको छ । घर फर्कने वातावरण पनि छैन् ।
विदेशमा उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या निरन्तर बढ्दै गएकाले त्यसको प्रभावलाई विश्लेषण गरी नीतिगत रुपमै विचार गर्नु अनिवार्य हुन्छ । नेपालमा गुणस्तरीय शिक्षाको विकाससँगसंगै विदेशमा गई शिक्षा लिनेको चाहनालाई सन्तुलनमा राख्नु आवश्यक छ।
विदेश अध्ययनमा गएका विद्यार्थीहरुलाई फर्कन प्रोत्साहन गर्ने र राष्ट्रको विकासमा उनीहरूको योगदानलाई प्रयोग गर्ने वातावरण सरकारले निर्माण गर्नु पर्छ। अन्यथा विदेशमा अध्ययन गर्न जाने विद्यार्थी र बढदो व्रेन र्डेनलाई रोक्न सक्ने अवश्था अहिले छैन । यस कुरा सरकारले बेलैमा सोच विचार गर्नुपर्ने भएको छ ।