१६ हजार घुससहित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ | Education Patra

१६ हजार घुससहित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ


एजुकेशनपत्र, काठमाण्डौं । कागेश्वरी मनोहरा–१ गगलफेदीस्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा १६ हजार घुससहित पक्राउ परेका छन् ।

गगलफेदी बसपार्कमा रिजाल र थापा घुससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियारका प्रवक्ता भोला दाहालले पक्राउको पुष्टि गर्दै अहिले विस्तृत अनुसन्धान भइरहेको बताए ।

शिक्षा क्षेत्रमा हुने भ्रष्टाचार शैक्षिक प्रणालीको प्रगति र अखण्डतामा बाधा पु¥याउने गम्भीर अपराध हो । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको गिरफ्तारीले शिक्षा क्षेत्रमा हुने गरेका गैरकानूनी कार्यको पर्दाफास गरेको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्