एजुेकेशनपत्र, काठमाण्डौ । काठमाडौंको जनप्रशासन क्याम्पसमा भर्खरै करोडौं रुपैयाँ हिनामिनाको घटना बाहिर आएको छ । क्याम्पसको लेखा शाखाका कर्मचारीले १० लाखभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ ।
उनले शिक्षकहरूको चेक किर्ते सही गरेर पैसा निकालेको पाइएको छ । कानुन विषय अध्यापन गराउँदै आएका शिक्षक केशव पाण्डेको चेक किर्ते सही गरेर ४ हजार भन्दा बढी रुपैयाँ निकालेको पाइएको छ । त्यो अडिट रिपोर्ट आएपछि मात्रै थाहा पाएको शिक्षक पाण्डेले बताए ।
यसबाहेक सञ्जय घिमिरेको चेक १० हजार निकाल्न सफल भएको खुलासा भएको छ । यसका साथै लेखा शाखाका कर्मचारीहरूले १० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको पाइएको हो ।
यस विषयमा गहिरो अध्ययन र छानविन गर्न क्याम्पस प्रमुखले समिति गठन गरेका छन्। समितिको अनुसन्धानले घोटाला भएको पुष्टि गरेपछि क्याम्पस प्रशासनले यो घटनाको विस्तृत र स्वतन्त्र छानबिन गर्न विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयमा रिपोर्ट गर्न आग्रह गरेको थियो।
तर, १० लाखभन्दा बढी भ्रष्टाचार भएको रजिष्ट्रारको कार्यालयको प्रतिवेदन सार्वजनिक नहुँदा अनुसन्धानको पारदर्शितामा प्रश्न खडा छ । एमाले र माओवादी केन्द्रका राजनीतिक दलका पदाधिकारीहरुको संलग्नता रहेको भन्दै प्रतिवेदन गोप्य राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
यस्तो हिनामिना प्रकरणमा पारदर्शिता नभएको भन्दै जनताले चिन्ता व्यक्त गरेका छन् । न्याय सुनिश्चित गर्न र जिम्मेवार व्यक्तिहरूलाई उनीहरूको कार्यको लागि जवाफदेही बनाउन छानबिन प्रतिवेदन सार्वजनिक गरी तत्काल कारबाही गर्नुपर्ने माग बढ्दो छ। यस घटनाले शैक्षिक संस्था भित्र हुने हिनामिना र भ्रष्टाचार गर्नेहरुलाई बोक्नेका विरुद्ध कडा कदम चाल्नुपर्ने भएको छ ।
घटनाले शिक्षक समुदाय र विद्यार्थीहरुमा आक्रोश फैलाएको छ । जिम्मेवार व्यक्तिहरूलाई उनीहरूको कार्यमा जवाफदेही बनाउन छानबिन प्रतिवेदन सार्वजनिक गरी तत्काल कारबाही गर्नुपर्ने माग बढ्दो छ।
हिनामिना काण्डले सार्वजनिक प्रशासन क्याम्पस भित्र वित्तीय प्रक्रियाहरुको अखण्डता र सुरक्षाको बारेमा गम्भीर प्रश्नहररु खडा गरेको छ, त्यस्ता जालसाजी गतिविधिहरु रोक्न तत्काल सुधार र आवश्यक निगरानी बढाउन जरुरी छ।
यस घटनाले शैक्षिक संस्था भित्र हुने हिनामिना र भ्रष्टाचार गर्नेहरुलाई बोक्नेका विरुद्ध कडा कदम चाल्नुपर्ने भएको छ ।