अखिल क्रान्तिकारीद्धारा शैक्षिक शुल्क वृद्धिको विरोध | Education Patra

अखिल क्रान्तिकारीद्धारा शैक्षिक शुल्क वृद्धिको विरोध


एजुेकेशनपत्र, काठमाण्डौ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शैक्षिक शुल्क वृद्धिको विरोध जनाएको छ ।

प्राविधिक शिक्षा, तथा व्यावसायिक तालिम परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले शुल्क समायोजन गरेकोमा अखिल क्रान्तिकारीले आपत्ति जनाएको हो ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि फिर्ता लिन आग्रह गरेकी छन् ।

अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको साँठगाँठमा पीसिएल नर्सिङमा ३१ प्रतिशत, एचएमा २१ प्रतिशत, डिप्लोमा फार्मेसीमा २५ प्रतिशत शुल्क वृद्धि फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गर्न माग गरिएको छ ।

यदि शुल्क वृद्धि फिर्ता नलिए सङ्घर्षका कार्यक्रम ल्याउने सिंहले चेतावनी दिएकी छन् ।

akhil k

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्