काठमाडौँ महानगरले शिक्षकलाई मासिकरूपमै तलब खुवाउने | Education Patra

काठमाडौँ महानगरले शिक्षकलाई मासिकरूपमै तलब खुवाउने


एजुेकेशनपत्र, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।

स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा नै तलब खुवाउने व्यवस्था गरेको महानगरकी उपमेयर सुनिता डंगोलले बताइन् ।

सङ्घीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्रैमासिकरूपमा तलब उपलब्ध गराउँदै आएको छ । तर महानगरले भने स्रोत भर्ना कोषमार्फत शिक्षकहरूलाई मासिकरूपमै तलब दिने दिने व्यवस्था गरेको हो ।

उपमेयर डंगोलले भनिन, यो वर्षदेखि महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब दिने व्यवस्था गरेको छ । स्रोत भर्ना कोषमार्फत महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले मासिकरूपमै तलब पाउने व्यवस्था गरेका छौँ ।’

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्