मानसरोवर क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु | Education Patra

मानसरोवर क्याम्पसमा नौ वर्षपछि पठनपाठन सुरु


राजन रावत, हुम्ला। जिल्ला कै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा नौ वर्षपछि पठन पाठन सुरु भएको छ । क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन कार्य सुरु भएको हो ।

क्याम्पस प्रमुख दीपक भण्डारीले पाँच जना आंशिक प्राध्यापकहरुको व्यवस्था गरेर लामो समयदेखि पठनपाठन बन्द रहेको क्याम्पसमा पढाई सुरु गरेको बताउनुभयो । उहाँले २०७१ सालपछि क्याम्पसमा पठनपाठन बन्द रहेको बताउँदै सामुदायिक क्याम्पस भएको कारण श्रोत अभावमा प्राध्यापकको व्यवस्था गर्न नसकिएपछि पढाई बन्द रहेको बताउनुभयो ।

पहिलो दिन पाँच मध्य तीन वटा विषयको पठन पाठन सुरु भएको हो । क्याम्पसमा पठन पाठन सुरु भएको कारण उहाँले भर्ना भएका सबै विषयका बिधार्थीहरुलाई नियमित क्याम्पसमा आएर पठनपाठनमा सहभागिता हुन आग्रह गर्नुभयो । हाललाई शिक्षा सङ्कायतर्फको पढाई क्याम्पसमा सुरु भएको छ । यसका लागि क्याम्पस व्यवस्थापनले अङ्ग्रेजी, नेपाली, स्वास्थ्य लगायतका विषयको पढाई सुरु गरेको छ । पाँचै जना आंशिक प्रध्यापकहरुलाई कोर्स सम्पन्न गर्ने गरी पारिश्रमिक उपलब्ध गराउने सम्झौता गरेको छ । उहाँले लामो समय रोकिएको पठन पाठन सुचारु गरेर विद्यार्थीहरू नियमित क्याम्पसमा आउने वातावरण तयार भएको बताउनुभयो ।

क्याम्पसले श्रोत व्यवस्थापन भने गाउँपालिका, त्रिभुवन विश्व विद्यालयको अनुदान र बिधार्थीहरुको शुल्कबाट व्यवस्थापन गर्नेछ । क्याम्पसमा चार वर्षे स्नातक तहका लागि २२३ जना जना विद्यार्थीहरू भर्ना हुनु भएको छ । अब चाँडै मानविकी तथा सामाजिक संकायको पनि पढाई सुरु गर्ने क्याम्पसले जनाएको छ । २०६६ सालमा उक्त क्याम्पस स्थापना भएको हो । सुरुका पाँच वर्षमा क्याम्पसमा पठन पाठन नियमित हुने गर्थ्यो । त्यति बेला प्राध्यापकको व्यवस्था समेत गरिएको थियो ।

पठन पाठन बन्द भए पनि क्याम्पसमा भर्ना भएका विद्यार्थीहरू नयाँ तथा पुरानो भर्ना, परीक्षा फारम भर्न र परीक्षाको समयमा मात्र क्याम्पस आउने गर्थे । सो क्याम्पसमा यसै शैक्षिक सत्रबाट स्नातकोत्तर तहको पढाई समेत सुरु भएको छ र यसका लागि ४५ जना विद्यार्थीहरूले भर्ना गर्नु भएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्