एजुेकशनपत्र, काठमाण्डौं । यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ। एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे।
भीमसेन थापाको २४९औँ जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिएको हो। कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री खड्काले देशका प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध रहेको बताए।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानुन सरकारले छिट्टै ससंसदमा लैजाने तयारी गरेको बताएका छन् ।
भीमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै रक्षामन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।
एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यवाहक प्रधानमन्त्री खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे । यस अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएको पनि जनाए ।
केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी काममा युवाहरुलाई परिचालन गर्दै मुलुकको विकास गर्न सकिने बताए । उनले सरकारले यसअघि आफूसँग गरेको सहमतिका केही बुँदाहरु कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए ।