सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य: उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ | Education Patra

सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य: उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ


एजुेकशनपत्र, काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।

महोत्तरीको बर्दिवास(३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा सार्थक व्यक्तित्व निर्माणका लागि अपरिहार्य भएको बताए । उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिसको जीवनको महत्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याएका छन।

पछिल्लो समयमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक छ । हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मानविय दायित्व बोध गराउनैपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त ढङ्गले अघि बढाइने प्रतिबद्धता जनाएका छन । विद्यालयले आगामी १० वर्षे शिक्षाको योजना ठनपाठन व्यवस्थापन र व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्ने हेतुले तीन दिने सम्मेलन आयोजन गरेको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीले शिक्षामा सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताउँदै शिक्षा सम्मेलनको उद्घाटन गर्दै कार्यक्रमको सफलताका लागि शुभकामना दिएका छन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्