मेयर बालेन्द्र शाहले काठमाडौँ विश्वविद्यालयबाट पिएचडी गर्ने | Education Patra

मेयर बालेन्द्र शाहले काठमाडौँ विश्वविद्यालयबाट पिएचडी गर्ने


एजुेकशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौं विश्वविद्यालयले सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ। विश्वविद्यालयको नीति अन्तर्गत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने यस निर्णयको घोषणा गरिएको छ।

विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागका प्रमुख श्यामसुन्दर खड्काले यस बारे जानकारी दिएका हुन्। उनले बताए, “काठमाडौं विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका लागि निवेदन दिएका बालेन्द्र शाहलाई प्रक्रियामा सहभागी भई उर्तिण भएपछि विश्वविद्यालयको रिसर्च कमिटीले फेलोसिपसहित पिएचडी अध्ययनका लागि सहमति दिने निर्णय गरेको हो।”

यस अध्ययनको लागि आवेदन दिएका बालेन्द्र शाह अन्तर्गतका ६ जना व्यक्तिहरूको आवेदन थियो। तर, दुई जना प्रक्रियामा सहभागी भएका थिएनन्। विभागका प्रमुख खड्काले बताए, “प्रक्रियामा सहभागी भएका चार व्यक्तिले पिएचडीका लागि अध्ययन गर्ने अवसर पाउनेछ। तर बालेन्द्र शाह बाहिरबाट भर्ना हुने छ।”

फ्रेबुअरी महिनाबाट सुरु भएको छैनौट प्रक्रिया अगस्ट महिनामा सम्पन्न गरिएको हो। विश्वविद्यालयको रिसर्च कमिटीले पिएचडीको पत्र बुझाउन बाँकी छ भने बालेन्द्र शाहले विश्वविद्यालयको रिसर्च कमिटीले बाँकीको अध्ययनको लागि पनि योग्य छ भन्ने विश्वविद्यालयका विभागीय प्रमुख खड्काले जानकारी दिएका छन्।

यस प्रकारको अध्ययनको लागि बालेन्द्रले डेढ वर्षको समय लिनु पर्नेछ। प्रति हप्ता उनले कम्तीमा ९ घण्टा विश्वविद्यालयमा उपस्थित भएर कक्षा लिनु पर्नेछ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्