एजुेकशनपत्र, काठमाण्डौं । ‘बच्चा होमवर्क गर्नै मान्दैनन्, पढ्न बस्यो कि त विभिन्न बहाना बनाउने, रुने, कराउने आदि गर्छन्, बच्चालाई पढाउन साह्रै गाह्रो ।’ तपाईंहरु मध्ये कतिलाई यो वाक्य आफ्नै हो जस्तो लाग्यो ?
बच्चालाई पढ्न तयार बनाउनु एउटा ठुलो काम हो जस्तो धेरैलाई लाग्न सक्छ । अझ कति आमाबुवाले त ‘बच्चाले कक्षामा ध्यान नै दिँदैन’ भनेर शिक्षक शिक्षिकाको गुनासो पनि सुन्नुपर्छ । यस्तो गुनासोले अभिभावकलाई तनावमा त पार्छ नै यसले बच्चालाई पनि एक किसिमको दबाबमा पार्छ । त्यसपछि किताब, कक्षा, पढाई यी सबैलाई बच्चाले तनावको रूपमा हेर्न थाल्छन् । त्यसैले उनीहरू यस्तो माहौलबाट भाग्न थाल्छन्, पढ्न मन नै गर्दैनन्, केही नयाँ सिक्ने आत्मविश्वास पनि गुमाउँछन् । यो साँच्चै नै उनीहरूको उमेरको हिसाबले एक चुनौतीपूर्ण काम हो ।
यी कारणले बच्चा पढ्न चाहँदैनन्
भारतकी पेरेन्टिङ एक्सपर्ट इशिना बी. सादानाले सोसल मिडियामा एउटा पोस्ट गरेर बच्चा खासमा किन पढ्न चाहँदैनन् भनेर जानकारी दिएकी छिन् । तपाईंले बच्चालाई पढाउने बेला कुरै पिच्छे गाली गर्न थाल्नुभयो वा रिसाउनुभयो भने घरको वातावरण नकारात्मक र तनावपूर्ण हुनेछ । त्यसैले बच्चाले पढाइमा ध्यान दिन पाउँदैनन् र यसमा मन लगाउन सक्दैनन् ।
बच्चालाई यस्तो हुनबाट जोगाउने आमाबुवाले आफ्नो व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ । सबैभन्दा पहिला तपाईंले के गर्नुपर्छ भने पढाइमा चिन्ता र तनावलाई नजोड्नुहोस् । पढ्ने बेला आफूलाई शान्त राख्नुहोस् । बच्चासँग रिसाउँदिन भनेर सङ्कल्प गर्नुहोस् । आफ्नो हाउभाउलाई पनि तपाईंले याद गर्नुहोस्
एजेन्सी