खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालयको रहन नदिने, संघीयता विरोधी भन्ने आरोप | Education Patra

खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालयको रहन नदिने, संघीयता विरोधी भन्ने आरोप


एजुेकशनपत्र, काठमाण्डौं ।  राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालयको रहन नदिइने भन्दै विरोध गरेका छन्।

शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेको उल्लेख गर्दै खिमलाल देवकोटाले संघीयता विरोधी भनेका छन्।

उनको आरोपमा, “शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठूलो उपलब्धि ठानेको होला। संघीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन।”

उनले सामाजिक संजालमा पनि लेखेका हुन्, जिल्ला समन्वय समिति बेहाल रहेको बताएका संविधानले कामकर्तव्य अधिकार दिएको भन्दै उनले भने, “जिल्लामा संरचनाहरू राख्नु भनेको स्रोत र साधनको दुरुपयोग हुनु मात्र हो। थप उपलब्धि केही पनि हुने छैन र हुँदैन।”

उनले स्थानीय तह र प्रदेशको अधिकारसँग बाझिने संरचनाहरूको जिल्लामा राख्न नपाइने बारेमा चेतावनी दिएका छन्, “भुईंको टिप्न खोज्दा खोल्तीको नपोखिएला मन्त्रालयको ध्यान जाओस्।”

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्