निजी विद्यालय स्थापनामा रोक लगाउने व्यवस्थापछि निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिए | Education Patra

निजी विद्यालय स्थापनामा रोक लगाउने व्यवस्थापछि निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिए


एजुेकशनपत्र, काठमाण्डौं ।सरकारले नाफामूलक निजी विद्यालय स्थापनामा रोक लगाउने व्यवस्था सहितको शिक्षा विधेयक ल्याउने तयारी गरेपछि निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिएका छन् ।

निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एनब्याब्सन र हिसानले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले यसअघि नै विद्यालय बन्दसम्मको घोषणा गरिसकेका छन् । हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीबाट मात्र सञ्चालन गर्ने विधेयकको प्रस्ताव छ ।

मन्त्रिपरिषद्‌बाट गत साता पारित ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संसद्‌बाट हुबहु पारित भए हाल सञ्चालनमा रहेका करिब ८ हजार निजी विद्यालयलाई पाँच वर्षभित्रमा शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्नेछ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्