एजुेशनपत्र, काठमाण्डौं । जापानको टोकियोमा संचालीत एभरेष्ट इन्टिरनेस्नल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एमओयु सम्पन्न भएको छ ।
टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एक आपसमा शैक्षिक अनुभव, ज्ञान, सीप र विद्यार्थी आदानप्रदान, सांस्कृतिक आदानप्रदान, अनुसन्धानमा सहयोग र भाषा शिक्षालाई अगाडी बढाउने गरी समझदारी पत्र (Memorandum of Understanding -MOU)मा हस्ताक्षर सम्पन्न भएको छ ।
२०८० कार्तिक २० गते टोकियोमा आयोजित एक कार्यक्रमका बीच जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गाबहादुर सुवेदी र नेपालका संघीय सांसद माननीय तेजुलाल चौधरीको रोवहरमा उक्त समझदारी पत्रमा स्कूलको तर्फबाट प्रिन्सिपल श्री विष्णु भट्ट र कलेजको तर्फबाट अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हस्ताक्षर गर्नु भएको छ ।
एभरेष्ट इन्टरनेसनल स्कुलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीले भन्नु भयो, “नेपालबाट विद्यार्थीहरु अध्ययनका लागि देश बाहिर गई रहेको वर्तमान अवस्थामा नेपालमै गुणस्तीय शिक्षा दिन सकेमा विद्यार्थी विदेशीने क्रम रोकिने छ ।”
साथै उहाँले भन्नु भयो, “नेपालमा शिक्षा, अनुसंधान र अन्वेषणको प्रचुर सम्भावना भएकोले राज्यले लगानी बढाउनु पर्ने छ । शैक्षिक जनशक्तिलाई रोजगारसंग जोड्न सकेमा देशमा वेरोजगारीको समस्या कम भएर जाने उहाँले बताउँनु भएको छ ।”
कार्यक्रमका विशिष्ट अतिथि नेपालका संघीय सांसद नेत्रलाल चौधरीले भन्नु भयो, “नेपालमा शिक्षाको गुणस्तरलाई सधार गर्नु नीतिगत रुपमै सुधारको खाचो छ । हामी सबैले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्छ ।”
कार्यक्रमका अर्का अतिथि एभरेष्ट इन्टरनेस्नल स्कुलका प्रिन्सिपल श्री विष्णु सुवेदीले भन्नु भयो, “नेपालमा शिक्षा र सीप सिकेर जापान आउँने विद्यार्थीहरुलाई जागीरको कमी हुँदैन् “। “हामी नेपालमा शिक्षा, अनुसंधान, भाषा र संस्कृतिको विकासमा सहयोग आदान प्रदान गर्न तयार छौं,” उहाँले भन्नु भयो ।
कलेज रिडर्सले आयोजना गरेको उक्त कार्यक्रमको सहजीकरण जितेन्द्र घिमिरेले गर्नु भएको थियो भने अध्यक्षता भवानी पौडेलले गर्नु भएको थियो । एजेन्सीको सहयोगमा