घोराही । दाङ जिल्लाको घोराही १६मा संचालनमा रहेको राप्ती इन्जिनियरिङ कलेजमा शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्यनरत बिइ सिभिल, कम्प्युटर र बिसीएका विद्यार्थीहरुलाई प्रभावकारी शिक्षण सिकाई सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कलेज प्रशासनले जनाएको छ ।
कार्यक्रममा कार्यपत्र पस्तुत गर्दै कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले भन्नु भयो, ‘विद्यार्थीहरुका बीचमा सामाजिक, क्वालटी सर्कल, लायन्स, सिभिल, आइसिटी र अन्य क्लबहरुको प्रयोग गरेर नियमित रुपमा विद्यार्थी शिक्षकको सामुहिक अन्तरक्रियाको माध्यामबाट शिक्षण सिकाईलाई प्रभावकारी रुपमा आगडि बढाई गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै ज्ञान, सीप, आचरण र व्यावहारमा समेत परिर्वतन ल्याउन सकिन्छ ।’