राप्ती इन्जिनियरिङ कलेज: अभिमुखिकरण तालीम सम्पन्न | Education Patra

राप्ती इन्जिनियरिङ कलेज: अभिमुखिकरण तालीम सम्पन्न


घोराही । राप्ती इन्जिनियरिङ कलेजमा व्याचलर तहमा अध्ययनरत विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले विद्यार्थीहरुले के सिक्ने, किन सिक्ने, कसरी सिक्ने, शिक्षण प्रक्रियामा कसरी जिम्मेवार बन्ने, सिकाईका बाधाहरु, शिक्षण सिकाई प्रक्रियामा प्रभाव पर्ने तत्वहरुबारेमा प्रशिक्षण दिनु भएको थियो । डा. गिरीले विद्यार्थीहरुले आफ्नो समग्र विकासको लागि आफु नै अग्रसर भएर लाग्न सके मात्र उत्कृष्ट रिजल्ट प्राप्त गर्न सकिने कुरामा जोड दिनु भयो ।

यसै गरी एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख ई बाबुराम जोशीले स्पिङ सेमेष्टर २०२४ को बार्षिक कार्यतालिका पहिलो आन्तरिक परीक्षा, पाठ्यक्रमले निर्धारण गरेका फिल्ड भिजिट, अवलोकन भ्रमण, रिजल्ट प्रकाशन, सेमेष्टर अन्तिम परीक्षा, कक्षा चल्ने दिनहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

इन्जिनियरि शिक्षाले प्रकृतिलाई विनास नगरी कसरी भैतिक र प्रविधिक विकास गर्ने भनेर सिकाउँछ । विद्यार्थीहरुले शिक्षकले भेनको कुरा ध्यान पूर्वक आफ्नो जीवनमा लागु गरेमा त्यसैमा सफता मिल्ने ई. जोशीले बताउँनु भयो ।

विसिए विभागिय प्रमुख विश्वबन्धु थापाले शिक्षण सिकाई प्रक्रियामा आईसिटीको भुमिका, शिक्षामा आईसिटीको महत्व, पराम्परागत शिक्षण सिकाई र आईसिटीमूलक शिक्षण शिकाईमा भिन्नता, शिक्षण सिकाईमा विद्यार्थीहरुको भूमिका, सिकाई प्रक्रियामा प्रयोग गर्न सकिने एआई तुलहरु बारेमा प्रशिक्षण दिनु भएको थियो ।

बिई सिभिल विई कम्प्युटर र विसिए कार्यक्रममा अध्ययरत विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको सहजीकरण कलेजका निर्देशक मधुसूदन बैद्यले गर्नुभएको थियो ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्