थप ५८ जना डिस्चार्ज, डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ६९५
जनादेश, काठमाण्डौ ।
काठमाडौँ, ४ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १५६ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७४१ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १५६ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। हाल ८ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ६९५ पुगेको छ ।
देशभरका बिभिन्न क्वारेनटिनमा २२ हजार ६६२ जना रहेका छन् ।
त्यसैगरी देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।