ला लिगाका उत्कृष्टमा रियलकै बाहुल्यता | Education Patra

ला लिगाका उत्कृष्टमा रियलकै बाहुल्यता


एजेन्सी निकै प्रतिस्पर्धात्मक मोडमा रहेको लिगमा बार्सिलोनाले अन्त्यतिर लय गुमाउँदा अन्तिम खेलअघि नै रियल म्याड्रिडले यो सिजनको ला लिगा उपाधि पक्का गरेको थियो । त्यसअर्थ रियलकै खेलाडीहरुले सिजनभर उच्च प्रदर्शन गरेको बुझ्न सहज हुन्छ ।

स्पेनको प्रतिष्ठित संचार माध्यम मार्काले ला लिगाको सिजनको समिक्षा गरेको छ । १ लाख २० हजारबाट लिएको मतका आधारमा विभिन्न पोजिसनका उत्कृष्ट खेलाडी छनोट गर्दा त्यसमा रियलका खेलाडीको बाहुल्यता रह्यो ।

ला लिगाका उत्कृष्ट

३६ प्रतिशत मतका साथ रियलका फरवार्ड करिम बेन्जेमा ला लिगाको उत्कृष्ट खेलाडी बनेका छन् । बार्सिलोनाका सुपरस्टार मेस्सी ३२ प्रतिशतका साथ दोस्रो स्थानमा रहँदा रियलका कप्तान सर्जियो रामोस १४ प्रतिशतका साथ तेस्रो स्थानमा परे ।

उत्कृष्ट साइनिङ

सेभिल्लाका फरवार्ड लुकास अ‍ेकापोस ३८ प्रतिशत मतका साथ सिजनको उत्कृष्ट साइनिङ खेलाडी बने । उनले सिजन भर उच्च प्रदर्शन गरेका थिए । फेर्लान्ड मेन्डी १८ प्रतिशतका साथ दोस्रो र १३ प्रतिशतका साथ मार्कोस लाउरेन्ट तेस्रो स्थानमा रहे ।

खराब साइनिङ

लुका जोभिच सिजनकै खराब साइनिङमा परेका छन् । उनले २९ प्रतिशत मत प्राप्त गरे । त्यस्तै रियलका इजेन हाजार्ड दोस्रो र बार्सिलोनाका एन्टोनी ग्रिजमन तेस्रोमा रहे ।

उत्कृष्ट यू २१ खेलाडी

रियल सोसिडाडका मार्टिन ओडीगार्ड ३८ प्रतिशत मत पाएर यू २१ उत्कृष्ट खेलाडी चुनिए । बार्सिलोनाका अन्सु फाती २४ प्रतिशत मतसहित दोस्रो र रियलका फेडे भाल्भेर्डे २१ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहे ।

उत्कृष्ट स्पेनिस खेलाडी

सर्जियो रामोस ५६ प्रतिशत मतसहित उत्कृष्ट स्पेनिस खेलाडी चुनिए । भिल्लारियलका सान्टी कार्जोला दोस्रो स्थानमा परे ।

उत्कृष्ट प्रशिक्षक

रियललाई ला लिगाको उपाधि दिलाएका जिदान ४६ प्रतिशत मतसहित उत्कृष्ट प्रशिक्षक छनोट भए । ग्रानाडाका डिएगो मार्टिनेज दोस्रो स्थानमा रहे ।

वर्षको उदाउँदो टोली

ग्रानाडा वर्षको उदाउँदो टोलीका रुपमा छनोट भयो । सातौं स्थानमा रहँदै ला लिगाको अन्त्य गरेको ग्रानाडाले ९४ प्रतिशत मत प्राप्त गरेको थियो ।

निराशाजनक टोली

ला लिगाको पुछारमा रहेको इस्पान्योल वर्षको निराशाजनक टोली रह्यो । टोलीले २६ प्रतिशत मतका आधारमा निराशजनक टोली रह्यो । २३ प्रतिशतकका साथ भ्यालेन्सिया दोस्रो र १९ प्रतिशतक मतका साथ बार्सिलोना तेस्रो निराशाजनक टोली बन्यो ।

उत्कृष्ट गोलकिपर

रियलका गोलकिपर थिबाउट कोर्टुवा ५५ हजार मतका साथ उत्कृष्ट गोलकिपर छानिए ।

उत्कृष्ट रक्षक

रियलका कप्तान रामोस उत्कृष्ट रक्षक चुनिए । उनले ६५ प्रतिशत मत प्राप्त गरेका थिए ।

उत्कृष्ट मिडफिल्डर

रियलकै कासिमेरो २९ प्रतिशत मतसहित उत्कृष्ट मिडफिल्डर छानिए । कार्जोला (२० प्रतिशत) दोस्रो र ओडेगार्ड (१७ प्रतिशत) तेस्रो स्थानमा रहे ।

उत्कृष्ट फरवार्ड
उत्कृष्ट फरवार्डमा पनि रियलका बेन्जेमाले बार्सिलोनाका मेस्सीलाई पछाडि पारेका छन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्