प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर दोस्रो साता सुरु हुने | Education Patra

प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर दोस्रो साता सुरु हुने


एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण यस सिजनमा असर पर्दा प्रिमियर लिगको नयाँ सिजन २०२०/२१ सेप्टेम्बर १२ मा सुरु हुने भएको छ । सिजनको अन्तिम खेल भने मे २३ मा हुनेछ ।

जारी सिजनको अन्त्य भने आइतबार हुँदैछ । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्दा अन्य स्थानको टुंगो लाग्न भने बाँकी रहेको छ । उपविजेता म्यानचेस्टर सिटी अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का हुँदा चेल्सी, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीमध्य दुई टोलीले शीर्ष ४ मा स्थान पक्का गर्नेछन् ।

अंक तालिकाको पुछारमा रहेको नर्विच रेलिगेसनमा पर्ने पक्का भइसकेको छ । बर्नमाउथको पनि गणितीय सम्भावना मात्र बाँकी रहँदा एस्टन भिल्ला र वाटफर्डमध्य एक टोली दोस्रो श्रेणीमा घटुवा हुनेछ ।

कोरोना भाइरस कोभिड १९ का कारण प्रिमियर लिगसहित युरोपका सबै फुटबल गतिविधि स्थगित भएका थिए । लिग वान बाहेक युरोपका शीर्ष ४ लिग भने कोभिग १९ को संक्रमण फैलिरहँदा पनि सञ्चालन भएको थियो । यद्दपी लिग भने विना दर्शक सञ्चालन भएका छन् ।

फुटबल संघ र इंग्लिस फुटबल लिगसँगको घरेलु फुटबलका अन्य प्रतिस्पर्धाका विषयमा लगातार छलफलपछि प्रिमियर लिगको मिति तय गरिएको हो । युरोपेली प्रतियोगिताको हकमा भने अर्को सिजनबारे अझै यकिन निर्णय हुन सकेको छैन । अर्को सिजन प्रिमियर लिगमा लिड्स युनाइटेड र वेस्ट ब्रोम आउने पक्का भइसकेको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्