क्यान्सर पीडित दिलमायालाई सहयोग | Education Patra

क्यान्सर पीडित दिलमायालाई सहयोग


–भगवान गिरीे

पोर्चुगल ।

पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका–१० की दिलमाया दर्लामी मगरलाई रु चार लाख १५ हजार सहयोग गरेका छन् ।

विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहनुभएको छ । पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि रु २५ हजार सहयोग गर्नुभएको हो । विगत सात वर्षदेखि पोर्चुगल बस्दै आउनुभएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो ।

पीडित मगरलाई उपचारका लागि रु १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ । स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय मनकारी नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ । रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्