एमसीसीः विषयमा अमेरिकी राजदूत र्‍याण्डी बेरीको चासो | Education Patra

एमसीसीः विषयमा अमेरिकी राजदूत र्‍याण्डी बेरीको चासो


जनादेश संवाददाता,

काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो देखाएकाे छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् ।

गएकाे जेठ १६ गते एमसीसी संसदबाट पारित गरिसक्नु पर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राखेकाे रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो ।

भेटका अवसरमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको थियो ।

रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारका अनुसार शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौँस्थित अमेरिकी राजदूतावासका अधिकारीको समेत उपस्थिति थियो । रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्