बंगलाचुलीमा ३० घर पहिरोको जोखिममा, गाउँलेले घर छोडे | Education Patra

बंगलाचुलीमा ३० घर पहिरोको जोखिममा, गाउँलेले घर छोडे


चन्द्रप्रकाश नेपाली

घोराही, बंगलाचुली गाउँपालिका वडा नम्बर ७ ढाव स्थित करिब ३० घर पहिरोको उच्च जोखिममा परेका छन् । यस बर्षको बर्षातका कारण पहिरो जाँदा ढाव गाउँ नै पहिरोको उच्च जोखिममा परेको हो ।

केही दिन अघिको बर्षाले टोपबहादुर आलेको घर भत्कीएको छ भने गिरबहादुर आले, ज्ञानबहादुर आले, खड्गबहादुर आले, दानबहादुर आले, तुलबहादुर आलेको घर भत्किने अवस्थामा रहेका छन् ।

त्यसैगरी रेसमान थापा, यमबहादुर थापा,तेजबहादुर थापा, मिनबहादुर थापा,टोमान सिङ थापा,मिन्द्रा आले,देवबहादुर आले,हिमबहादुर आले, बोमबहादुर अधिकारी र पुर्णबहादुर अधिकारीको घर माथिबाट पहिरो खस्ने अबस्थामा रहेका छन् ।

अर्को तर्फ मानबहादुर आले,भानबहादुर आले,अम्बरबहादुर आले, नमबहादुर आले र टेकबहादुर थापाको घर पहिरोले बगाउने अबस्थामा पुगेको गाउँपालिकाले जनाएको छ । बस्ती नै पहिरोको जोखिममा परे पछि उनिहरु अहिले खेतमा बनाईएको टाँडीमा बसेका छन् ।

कति बेला पहिरोले पुर्ने हो भन्ने अबस्था रहेको भन्दै आफुहरु ज्यान बचाउन खेतको टाँडीमा बसेको मानबहादुर आलले जानकारी दिनुभएको छ । यसै बिच अविरल बर्षाले बंगलाचुली ७ बिर्र्खेमा हेमराज पाटाको घर भत्कीएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्