एमबाप्पेले च्याम्पियन्स लिग नखेल्ने सम्भावना | Education Patra

एमबाप्पेले च्याम्पियन्स लिग नखेल्ने सम्भावना


एजेन्सी । कप डे फ्रान्सको फाइनलमा सेन्ट एटिएनविरुद्ध चोट बोकेपछि फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले च्याम्पियन्स लिगको अन्तिम चरणका खेल गुमाउने सम्भावना बढेको छ ।

खेलको पहिलो हाफमा नै सेन्ट एटिएनका कप्तान लोइस पेरिनको ट्याकलमा एमबाप्पे घाइते भएका थिए । रेफ्रीले उक्त फलका लागि सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेरिनलाई रातो कार्ड देखाएका थिए । उक्त खेल पेरिनले संन्यास लिनुअघि अन्तिम खेल पनि थियो ।

यता फलका कारण चोट बोकेका एमबाप्पेले भने त्यसपछि खेल्न नसक्दा परिवर्तन भएका थिए । उनको स्थानमा पाब्लो सराबिया मैदान प्रवेश गरेका थिए । पीएसजीले नेयामारको गोलसँगै १-० को जित दर्ता गर्दै उपाधि जितेको हो ।

यस चोटका कारण एमबाप्पेले च्याम्पियन्स लिगका बाँकी खेल गुमाउने डर बढेको छ । उनी दोस्रो हाफका दौरान नै बेन्चमा बैसाखीको सहयोगमा हिडिरहेका देखिएका थिए । पीएसजीले क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दैछ । पीएसजीले यसअघि बोरुसिया डर्टमुन्ड तथा एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका थिए ।

एमबाप्पे चोटका कारण उपलब्ध नभएको अवस्थामा पीएसजीले लगातार तेस्रो सिजन आफ्नो स्टार खेलाडीलाई च्याम्पियन्स लिगको अन्तिम चरणमा गुमाएको हुनेछ । यसअघि दुई सिजन भने नेयमार उपस्थित नहुँदा पीएसजीले अपेक्षित नतिजा निकाल्न सकेको थिएन ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्