आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधीः किसान महासंघ | Education Patra

आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधीः किसान महासंघ


२४० वर्षे सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई तिहाई जनमत सहित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संघीय सरकार रहेको अवस्थामा यस्तो घटना घट्नु ज्यादै दुःखद कुरा – किसान महासंघ

अखिल नेपाल किसान महासंघ , Flag of ANPFa, All Nepal Peasants' Federation,

काठमाडौँ । चितवनको माडीमा चेपाङ समुदायका सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्यलाई अमानवीय र किसान विरोधी कार्य भन्दै अखिल नेपाल किसान महासंघले कडा शव्दमा विरोध जनाएको छ ।

हिजो एक प्रेस विज्ञप्ति जारी सत्तारूढ नेकपा निकट अखिल किसान महासंघले चितवन जिल्लाको माडी नगरपालिका, वडा नं. ९ को कुसुमखोला आसपासमा लामो समयदेखि बसोबास गर्दै आइरहेका आदिवासी चेपाङ समुदायका जनताको घर जलाइदिने, हात्ती लगाई भत्काइदिने र खेतीपाती समेत नष्ट गरी विस्थापित गराउने गरी भएको घटनाप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको भएको जनाउँदै उक्त अमानवीय, गैरजिम्मेवार तथा श्रमजीवी किसान विरोधी हर्कतको अखिल नेपाल किसान महासंघ गम्भीर भर्त्सना गरेको छ भने सो कार्यमा प्रत्यक्ष रुपले संलग्न निकुञ्ज प्रशासनका कर्मचारीहरु तथा त्यसका लागि आदेश दिने निकायका पदाधिकारीहरुलाई तत्काल हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

किसान महासंघका संयोजक क. हरि पराजुली तथा सहसंयोजक क. चित्रबहादु श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा  २४० वर्षे सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई तिहाई जनमत सहित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संघीय सरकार रहेको अवस्थामा यस्तो घटना घट्नु ज्यादै दुःखद कुरा भएको बताउँदै सुकुम्बासी, भूमिहीन, गरिब तथा सिमान्तकृत समुदायका जनताको हित तथा पक्षधरता लिने र नेपालको संविधान अनुसार भूमिहीन तथा सुकुम्बासीहरुलाई वैज्ञानिक भूमिसुधार गरी आवास तथा खेतीयोग्य जमिन उपलब्ध गराउनुको सट्टा कुनै वैकल्पिक व्यवस्था तथा पूर्वसूचना बिना मध्य वर्षायामको तीव्र झरी र हावाहुरीको समयमा किसानहरुलाई चिल्लिबिल्ली पार्दै उनीहरुका घर, मजदुरी गरेर आर्जन गरी संकलन गरेको रुपैयाँ, धनसम्पत्ति लत्ताकपडा, अन्नपात तथा नागरिकता र अन्य दस्तावेज समेत नष्ट हुनेगरी ज्यादतीपूर्ण तरिकाले सो घटना घटाइनु दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

किसान महासंघले वर्तमान सरकारलाई सर्वहारा, किसान, मजदुर, सुकुम्बासी, भूमिहीन तथा गरिब किसानहरुको पक्षधरता लिँदै सो स्थानका किसानहरुलाई तत्काल वैकल्पिक व्यवस्था गर्न, नष्ट भएको सम्पत्ति, अन्नपात तथा अन्य वस्तुहरुको क्षतिपूर्तिसहित तत्काल न्याय प्रदान गर्न र देशभरका सुकुम्बासी, भूमिहीन तथा गरिब किसानहरुका लागि संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक भूमिसुधारको कार्यक्रम लागु गरी जिविकापुग्दो खेतीयोग्य जमिन र सुरक्षित आवास प्रदान गर्न हामी नेपाल सरकार समक्ष माग गरेको छ ।

प्रेस विज्ञप्तिको पूर्ण पाठः

अखिल नेपाल किसान महासंघ
केन्द्रीय समिति

मितिः २०७७/०४/०७

प्रेस विज्ञप्ति

यही मिति २०७७ साउन ३ गते शनिबारका दिन चितवन राष्ट्रिय निकुञ्ज प्रशासनद्वारा चितवन जिल्लाको माडी नगरपालिका, वडा नं. ९ को कुसुमखोला आसपासमा लामो समयदेखि बसोबास गर्दै आइरहेका आदिवासी चेपाङ समुदायका जनताको घर जलाइदिने, हात्ती लगाई भत्काइदिने र खेतीपाती समेत नष्ट गरी विस्थापित गराउने गरी भएको घटनाप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अमानवीय, गैरजिम्मेवार तथा श्रमजीवी किसान विरोधी हर्कतको अखिल नेपाल किसान महासंघ गम्भीर भर्त्सना गर्दछ र सो कार्यमा प्रत्यक्ष रुपले संलग्न निकुञ्ज प्रशासनका कर्मचारीहरु तथा त्यसका लागि आदेश दिने निकायका पदाधिकारीहरुलाई तत्काल हदैसम्मको कारबाही गर्नका लागि जोड्दार माग गर्दछ ।

२४० वर्षे सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई तिहाई जनमत सहित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संघीय सरकार रहेको अवस्थामा यस्तो घटना घट्नु ज्यादै दुःखद कुरा हो । सुकुम्बासी, भूमिहीन, गरिब तथा सिमान्तकृत समुदायका जनताको हित तथा पक्षधरता लिने र नेपालको संविधान अनुसार भूमिहीन तथा सुकुम्बासीहरुलाई वैज्ञानिक भूमिसुधार गरी आवास तथा खेतीयोग्य जमिन उपलब्ध गराउनुको सट्टा कुनै वैकल्पिक व्यवस्था तथा पूर्वसूचना बिना मध्य वर्षायामको तीव्र झरी र हावाहुरीको समयमा किसानहरुलाई चिल्लिबिल्ली पार्दै उनीहरुका घर, मजदुरी गरेर आर्जन गरी संकलन गरेको रुपैयाँ, धनसम्पत्ति लत्ताकपडा, अन्नपात तथा नागरिकता र अन्य दस्तावेज समेत नष्ट हुनेगरी ज्यादतीपूर्ण तरिकाले सो घटना घटाइनु दुर्भाग्यपूर्ण छ ।

तसर्थ वर्तमान सरकारले सर्वहारा, किसान, मजदुर, सुकुम्बासी, भूमिहीन तथा गरिब किसानहरुको पक्षधरता लिँदै सो स्थानका किसानहरुलाई तत्काल वैकल्पिक व्यवस्था गर्न, नष्ट भएको सम्पत्ति, अन्नपात तथा अन्य वस्तुहरुको क्षतिपूर्तिसहित तत्काल न्याय प्रदान गर्न र देशभरका सुकुम्बासी, भूमिहीन तथा गरिब किसानहरुका लागि संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक भूमिसुधारको कार्यक्रम लागु गरी जिविकापुग्दो खेतीयोग्य जमिन र सुरक्षित आवास प्रदान गर्न हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।

हार्दिक क्रान्तिकारी अभिवादन सहित ।

हरि पराजुली
संयोजक

चित्रबहादुर श्रेष्ठ
सहसंयोजक

स्रोतः लेफ्ट रिभ्यु अनलाइन

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्