जनादेश, काठमाडौँ ।
जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले बुधबार सांसदमा सपथ लिएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । पार्टीकी सांसद सरिता गिरीलाई सांसदबाट हटाइएपछि जसपाले ललितपुरकी सिटौलालाई प्रतिनिधिसभा सदस्य बनाएको हो ।
पूर्व सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेपछि कारबाहीमा परेको जनाइएको थियो ।
तस्वीर : रासस