जनादेश संवाददाता,
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गर्नुभएको छ ।
हिजोको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उहाँको भनाइ छ ।
आज आयोजित साक्षात्कारमा नेता थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पार्नुभयो ।