राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने छःसभामुख सापकोटा | Education Patra

राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने छःसभामुख सापकोटा


काठमाडौँ,

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताउनुभएको छ ।

नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै ट्वीट्मार्फत सभामुख सापकोटाले उहाँप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीट गर्दै राष्ट्रकविको निधनले नेपाली साहित्य र वाङ्मयको क्षेत्रले एक विशिष्ट सर्जक गुमाएको उल्लेख गर्नुभएको छ ।

यसैबीच दिवङ्गत राष्ट्रकविको बुधबार मात्र अन्त्येष्टि गरिने भएको उहाँका पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ । अहिले उहाँको पार्थिव शरीर लैनचौरस्थित निवासमै राखिएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्