पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष, सिंह बनाएँपछि मैलाई खान खोजे : प्रधानमन्त्री ओली | Education Patra

पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष, सिंह बनाएँपछि मैलाई खान खोजे : प्रधानमन्त्री ओली


जनादेश नेपाल, काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्न समय खर्चिएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले सिंह भनाइदिएको मान्छेले पछि आफैलाई खान खोजेको भन्दै टिप्पणी गरे ।

उनले भने, ‘निर्वाचनबाट बहुमत लिएर आएको प्रधानमन्त्रीलाई प्रधानमन्त्री हट्नुपर्छ कि हट्नुपर्छ भनियो । मैले नै दिएका अवसरहरुको दुरुपयोग गरियो । आफूले सिंह बनाइदिइयो आफैलाई झम्टिने अवस्था आयो ।’

संविधानको धारा ७६ को ७ ले सो व्यवस्था गरेको उनको दावी छ । बहुमत कसैको आएन भने, दुई वा दुई दलभन्दा बढीको मिलेर सरकार बनाउन सकेनन् भने र बहुमतको सरकारले पनि राष्ट्रपतिबाट सिफारिस लिएर आएको १ महिनाभित्र विश्वासको मत प्राप्त गर्न सकेन भने, अल्पमतको मात्र हैन एउटा व्यक्ति प्रधानमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उसको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्न सक्ने र नयाँ संसद्का लागि चुनाव हुने ओलीले दावी गरे ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्