ओलीलाई प्रचण्डको चेतावनी: चुनाव चिन्ह र नाममा गडबढ गर्न खोजे आँधीबेरी ल्याउँछौं | Education Patra

ओलीलाई प्रचण्डको चेतावनी: चुनाव चिन्ह र नाममा गडबढ गर्न खोजे आँधीबेरी ल्याउँछौं


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कुल्चिएका कारण प्रधानमन्त्री केपी ओली पराजित भैसकेको दाबी गरेका छन् ।

ओलीले संविधान र पार्टी विधान दुवैको गम्भीर उल्लङंघन गरेका कारण पराजित भैसकेको प्रचण्डको जिकिर छ । मंगलबार पोखरामा आयोजित कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र विवाद भयो भनेर जनताको प्रतिनिधि संस्था भंग गर्नु संविधान माथीकै आक्रमण भएको बताए ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले निश्पक्ष न्याय गर्नेमा विश्वस्त रहेको तर सूर्य चुनाव चिन्ह आफ्नै समूहले नपाए देशैभर आँधी हुरी बतास आउने चेतावनी पनि दिएका छन् ।

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीकै कारण देश संकटको भूमरीमा फसेको बताए । अध्यक्ष ओली तानाशाही प्रवृत्ति देखाएको र पार्टीमा एकलौटी गरेर भ्रष्ट्रचारीलाइ संरक्षण गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले केपी ओलीको अहंकारलाइ ठेगान लगाएर छोड्ने चेतावनी दिए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्