जनादेश नेपाल, काडमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२१ का लागि हुने लिलामीमा आठ नेपाली खेलाडीको नाम दर्ता भएको छ । नेपाली क्रिकेट संघ (क्यान) ले ती खेलाडीको नाम पनि शुक्रबार जारी गरेको छ ।
क्यानका अनुसार लिलामीमा प्रस्तुत हुने नेपाली खेलाडीमा सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।
दिल्ली क्यापिटल्सले तीन वर्षको अनुबन्धपछि सन्दीपलाई रिलिज गरेको छ र उनी नयाँ फ्रेन्चाइज टिमको प्रतीक्षामा हुनेछ । यसपल्ट विश्वभरिका कुल १ सय ९७ खेलाडीले लिलामीका लागि आफ्नो नाम दर्ता गरेका छन् ।
त्यसमध्ये २७ खेलाडी एसोसियट देशमा रहेका छन् । लिलामी चेन्नाइमा फेब्रुअरी १८ मा हुनेछ ।