ललितानिवास काण्डका मुख्य याेजनाकार शोभाकान्त ढकाललाई सदरखोर डिल्लीबजार पठाइयो | Education Patra

ललितानिवास काण्डका मुख्य याेजनाकार शोभाकान्त ढकाललाई सदरखोर डिल्लीबजार पठाइयो


जनादेश नेपाल, काठमाण्डौ । विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ ।

उहाँलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताउनुभयो । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियाे ।

विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता  पाण्डेयले जानकारी दिनुभयो । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्